मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थपिए १९४५ संक्रमित, ५३६४ जना डिस्चार्ज, एकैदिन २२ जनाको मृत्यु

शुक्रबार थपिए १९४५ संक्रमित, ५३६४ जना डिस्चार्ज, एकैदिन २२ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा शुक्रबार १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शुक्रबार थप २२ सहित १२९८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ५३६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । जुन कुल संक्रमितको ८८.०३ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ११०७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या एक लाख ९६७ पुगेको छ । जसमा काठमाडौँमा कुल ८१ हजार ५८५, ललितपुरमा १२ हजार ७२ र भक्तपुरमा ७ हजार ३१० जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १० हजार ३४० जनासहित हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ७५३ जना र आइसोलेसनमा २४ हजार ६६५ जना रहेका छन् ।

देशभर १९ हजार १४ जना होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ४०३ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।