मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनएएचमा नयाँ कार्यसमिति

एनएएचमा नयाँ कार्यसमिति

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- ह्युस्टनमा रहेको नेपालीहरुको पुरानो संस्था नेप्लिज एसोशियसन अफ ह्युस्टन (एनएएच) को हालै सम्पन्न साधारण सभाबाट आगामी दुई बर्ष (२०२०-२०२२) का लागि नयाँ कार्यसमितिको चयन भएको छ। हरेक बर्ष दशैं उत्सव र साधारण सभा संगसंगै गर्दा आइरहेको एनएएचले यो बर्ष कोरोना भाइरस महामारीका कारण साधारण सभा र दशैं भोजको सार्वजनिक कार्यक्रम स्थगित गरेर सीमित पदाधिकारी र सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो।

पशुपति मन्दिरस्थित हिमालयन कल्चरल सेन्टरमा आयोजित साधारण सभामा पदाधिकारी र सदस्यहरुलाई ‘जुम’ मार्फत पनि सहभागी हुने प्रवन्ध गरेको एनएएचले ‘ फेसबुक’ मार्फत प्रत्यक्ष प्रसारण गरेर धेरै साधारण सदस्यहरु माझ पुग्ने प्रयास गरेको थियो।

एनएएचका पूर्व अध्यक्ष ज्योति घिमिरे संयोजक र सल्लाहकार ज्ञानेश्वर श्रेष्ठ, संस्थापक सदस्य विनोद श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले तय गरेको निर्वाचन कार्य तालिका अनुरुप उम्मेदवारी दिएकाहरुबाट पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन्।

निर्वाचन समितिका अनुसार अध्यक्षमा डा. विष्णु नेपाल, प्रथम उपाध्यक्षमा रविन्द्र श्रेष्ठ, द्वीतीय उपाध्यक्षमा द्रोण गौतम, सचिवमा प्रशान्ती पण्डित, कोषाध्यक्षमा चेज गुरुङ, सहसचिवमा डा. कौशल झा निर्विरोध चयन भएका छन्। यसैगरी नौ जना सदस्यहरुमा क्रमश: जगदिश काफ्ले, नयना अमात्य, मनिष मुनकर्मी, बाबुराम खरेल, मेनुका कार्की, शेष बराल, निषेध खनाल, टासी शेर्पा र सुजन पण्डित निर्विरोध निर्वाचित भएका छन्। सह-कोषाध्यक्ष पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले सो पद हाल रिक्त रहेको छ।

कार्यसमितिको आगामी बैठकबाट रिक्त पदमा मनोनयन गर्ने निर्वाचन समितिका संयोजक ज्योति घिमिरेले जानकारी गराएका छन्। निवर्तमान कार्यसमितिका सचिव विजय बोखिमले भने कुनै पनि पदका लागि उम्मेदवारी दर्ता गराएका थिएनन्। जगदिश काफ्ले मेनुका कार्की, टाशी शेर्पा, निषेध खनाल, बाबुराम खरेल र शेष बराल पहिलो पटक एनएएचको कार्यसमितिमा निर्वाचित भएका हुन्।

एनएएचका उपाध्यक्ष द्रोण गौतमद्वारा संचालित साधारण सभाको अध्यक्षता गरेका प्रथम उपाध्यक्ष रविन श्रेष्ठले एनएएचले २०१८-२०२० को अवधिमा गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चेज गुरुङले आर्थिक विवरण प्रस्तुत गरेका थिए।

अध्यक्ष डा. नेपाल कोरोना भाइरस संक्रमित भएर स्वास्थ्यलाभ गरिरहेकाले साधारण सभामा प्रत्यक्ष उपस्थित हुन नसके पनि अनलाइन मार्फत साधारण सभामा सहभागिता जानाएका थिए।

नयाँ कार्यसमितिको घोषणा लगत्तै आफ्नो कार्यसमितिले आगामी दुई बर्षका लागि तय गर्ने कार्यक्रमहरुको विवरण प्रस्तुत गर्न नपाएका अध्यक्ष नेपालले कार्यसमितिको पहिलो बैठकमा आफ्नो योजना प्रस्तुत गर्ने संभावना छ। २०१८ मा अध्यक्ष निर्वाचित भएपछि सामुहिक नेतृत्वमा समुदायको हितमा काम गर्ने घोषणा गरेका डा. नेपालले दुईबर्ष पहिले अघि सारेका तीनबुँधे रणनीति र तीनबुँदे लक्ष्य अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोले नयाँ कार्यसमितिले प्रस्तुत गर्ने योजना पनि पुरानै रणनीति र लक्ष्य अनुरुप हुने अनुमान छ।

दुई बर्ष अघि कार्यसमितिका तर्फाबाट उनले घोषणा गरेको तीन ‘सि’को रणनीति ‘कम्यूनिकेशन’, ‘कनेक्शन’ र ‘कोअपरेशन’ र तीन लक्ष्यहरु— सदस्यता बिस्तार, नेपाली विद्यार्थीहरुका लागि स्कलरशीप कार्यक्रम र नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको पूनर्संरचना अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको अधिकांश सदस्यको बुझाइ छ। उनले अघि सारेका रणनीति र लक्ष्य अनुरुपका उपलब्धि हाँसिल हुन बाँकी रहेकोले आगामी दुई बर्ष उनले सम्पादन गर्ने कामले समग्र एनएएचको प्रगति निर्भर रहने निश्चित छ।