युलेस (टेक्सस) – अमेरिकामा चुनावी माहौल दिनदिनै तात्दै गर्दा नेपालीमुलका अमेरिकीहरुको सकृयता पनि तीब्र रुपमा बढ्दो छ ।
आइतबार नेपाली समुदायहरुले राष्ट्रपति जो बाइडेन लगायत डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुका लागि मत माग्दै घरदैलो अभियान चलाए । टेक्सस हाउस अफ डिस्ट्रिक्ट ९२ अन्तरगत पर्ने युलेस र फोर्टवर्थमा नेपाली अमेरिकीहरुको ठूलो टीमले घरदैलो अभियान चलाएको हो ।
हिमालयन डेमोक्रेटिक क्लबका कोर्अिर्डनेटरद्वय मोहन ज्ञवाली र सञ्जय घिमिरे, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, एनआरएनए अमेरिकाका सहकोषाध्यक्ष सन्तोष विष्ट, समाजसेवी दिनानाथ न्यौपाने, जनसम्पर्क समितिका रोशन ढुंगाना लगायत ठूलो संख्याका नेपालीहरु अभियानमा सरिक थिए ।
अभियानका क्रममा टेक्ससको तल्लो सदनका उम्मेदवार जेफ ह्वाइटफिल्ड, युलेस सिटी काउन्सिलका उम्मेदवार मुबासेर वारिच समेतको सकृय सहभागिता थियो ।
घरदैलो अभियानपूर्ब दुबै उम्मेदवारहरुले सभालाई संक्षिप्त संबोधन गर्दै अमेरिकी एअरफोर्सका भेट्रान तथा टेक्सस हाउसका उम्मेदवार जेफ ह्वाइटफिल्डले प्रजातन्त्रको रक्षा तथा तानाशाही व्यबहारको अन्त्यका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे ।
त्यही क्रममा सिटी काउन्सिलका उम्मेदवार मुबासेरले युलेस सिटीको विकास, व्यबसायीमैत्री वातावरणका लागि आपूmलाई मत दिन अपिल गरेका थिए ।
घरदैलो अभियानका क्रममा नेपालीमुलका अमेरिकीहरुबाट निकै उत्साहप्रद प्रतिकृया, साथ र सहयोग प्राप्त भएको दुबै उम्मेदवारहरुले बताएका छन् । उम्मेदवारहरुलाई आफ्नो घरदैलोमा भेट्न पाउँदा मतदाताहरु समेत निकै उत्साहित देखिएका थिए ।
टेक्ससको युलेस नेपालीहरुको बाक्लो बसोबास भएको सिटी हो । डिएफडब्लु इन्टरनेसनल एअरपोर्टसँगै जोडिएको, तीनवटा हाइवे नजिकै भएको, रोजगारीका दृष्टिले समेत निकै महत्वपूर्ण स्थान भएकोले नेपालीहरुको प्राथमिकतामा पर्दै आएको छ ।
विमानसंख्याका आधारमा संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी अमेरिकन एअरलाइन्सको प्रधान कार्यालय रहेको स्थान भएकोले पनि युलेसमै रहेको छ ।
प्रतिक्रिया