मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाभाइरसका कारण विश्वभर ११ लाख पाँच हजार बढीको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर ११ लाख पाँच हजार बढीको मृत्यु


पेरिस । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर हालसम्म ११ लाख पाँच हजार ८८२ जनाको मृत्यु भएको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९३ लाख ८६ हजार पुगेको छ । 

कुल सङ्क्रमितमध्ये दुई करोड ९५ लाख आठ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  

विश्वभर अहिले पनि ८७ लाख ७२ हजार जना सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८७ लाख बढीको अवस्था मध्यम छ भने अरु ७१ हजार १४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ८२ लाख ३३ हजार २४६ जना सङ्क्रमित भएका छन् भने दुई लाख २३ हजार १७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भारतमा ७४ लाख २० हजार ५२९ जना सङ्क्रमित हुँदा एक लाख १२ हजार ९१४ जनाको मृत्यु भएको विवरण छ । 

सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७६ हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१४ देशमा पुगिसकेको छ । एपी