मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

उपराष्ट्रपति पदका मुख्य उम्मेदवार विच प्रत्यक्ष बहस

उपराष्ट्रपति पदका मुख्य उम्मेदवार विच प्रत्यक्ष बहस

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उपराष्ट्रपति पदका दुई मुख्य उम्मेदवार माइक पेन्स र कमला ह्यारिस बुधवार नौ बजे (अमेरिकी पूर्वीय समय)  प्रत्यक्ष बहसमा आम्ने साम्ने हुदैंछन् । पेन्स उपराष्ट्रपति हुन भने ह्यारिस क्यालिफोर्निया कि सिनेटर हुन् ।

राष्ट्रपतिका उम्मेदवार विच अर्को प्रत्यक्ष बहस हुने वा नहुने भन्नेमा आशंका रहेका वेला यो उपराष्ट्रपति पदका मुख्य उम्मेदवार विचको बहसलाई महत्वका साथ हेरिएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसवाट संक्रमित भएको पुष्टि भएपछि अहिले आराम गरिरहेका छन् । यसैलेपनि अर्को राष्ट्रपति उम्मेदवारका विच हुने प्रत्यक्ष बहस हुने नहुनेमा अन्यौल आएको हो । 

उपराष्ट्रपति दोस्रो शक्रिशाली पद हो । राष्ट्रपतिले आफ्नो अनुकुल उपराष्ट्रपति पदका लागि उम्मेदवार छान्न गर्छन । राष्ट्रपति नभएको अवस्थामा उपराष्ट्रपति देशको कमाण्डर इर्न चिफ हुने संवैधानिक प्रभावधान छ । 

कतिपयले आउने चार बर्ष राष्ट्रपति भन्दा उपराष्ट्रपति सकृय हुनु पर्ने अवस्था आउन सक्ने वताउने गरेका छन् ।तस्बिर : सामाजिक संजाल