मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो


नयाँ दिल्ली । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।  

शनिबार बेलुकीसम्म प्राप्त समाचारअनुसार भारतमा ६४ लाख ९९ हजार ४८ जनालाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख १ हजार १५२ जनाको मृत्यु भइसकेको छ ।  

गत चौबिसघन्टामा भारतमाा एकैदिन ७९ हजार ९७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौबिसघन्टामा कोरानाकै कारण ज्यान गुमाउनेको संख्या १०७१ रहेको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो  

करिब ७५ लाख संक्रमित हुँदा भारतमा ५४ लाख ५४ हजार ६३९ जना डिस्चार्ज भइसकेका छन् । जसमध्ये ९ लाख ४३ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एजेन्सी