मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विश्वभर तीन करोड ३९ लाख संक्रमित, १० लाख १४ हजार बढीको मृत्यु

विश्वभर तीन करोड ३९ लाख संक्रमित, १० लाख १४ हजार बढीको मृत्यु


पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १४ हजार ३३८ पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख ४१ हजार ४५६ छ । कुल संक्रमितमध्ये दुई करोड ५२ लाख १५ हजार १८३ जना निको भएका छन् भने करिब ७७ लाख ११ हजार ९३५ मानिस सक्रिय संक्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७४ लाख १३ हजार ६०७ नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ११ हजार ९९ जनाको मृत्यु भएको छ । 

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६२ लाख ४५ हजार संक्रमित भएका छन् भने यहाँ ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाख ८० हजार  व्यक्ति संक्रमित भएकामा एक लाख ४३ हजारभन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । 

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।