मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

‘कोभिड १९’ बाट विश्वमा तीन करोड आठ लाख सङ्क्रमित

‘कोभिड १९’ बाट विश्वमा तीन करोड आठ लाख सङ्क्रमित


वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड आठ लाख नजिक पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५७ हजार ९३० नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २४ लाख १२ हजार ६६४ व्यक्ति कोरोना मुक्त भएका छन् । 

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९ लाख ३८ हजार ६२० भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार ४१३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५३ लाख ३० हजार नाघेको छ ।  

ब्राजिलमा १ लाख ३५ हजार ८५७ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८५ हजार ७६५ जनाको मृत्यु भएको छ । रुसमा १० लाख ९७ हजार २५१ सङ्क्रमितसहित चौंथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ५६ हजार ४१२ व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।