मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानको भावना बमोजिम समाजवादी व्यवस्था निर्माण : मुख्यमन्त्री शाही

संविधानको भावना बमोजिम समाजवादी व्यवस्था निर्माण : मुख्यमन्त्री शाही


वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानको भावना बमोजिम विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्दै सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार संविधान दिवसको अवसर पारेर एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले विश्व समुदायका अगाडि नयाँ चुनौतीका रुपमा आइपुगेको कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि विकास, निर्माण तथा आर्थिक गतिविधि प्रभावित हुन पुगेको बताए । 

कोभिडको जोखिम न्यूनस्करणका लागि आवश्यक सतर्कता एवं सावधानीसहित जनजीवनलाई सामान्य बनाउदै विकास निर्माणको कामलाई अगाडि बढाउने दिशामा सरकार लागिरहेको छ । ‘कोभिडले सिर्जना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्नुहुन पनि अनुरोध गर्दछु’, उनले भनेका छन् ।

नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्र रुपमा सञ्चालन गरेका बलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ साल आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको भन्दै उनले आजको दिन ऐतिहासिक भएको बताएका छन् ।

यो विशेष अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुति दिने महान शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मुख्यमन्त्री शाहीले संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका गौरवपूर्ण ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायत सबैखाले आन्दोलन तथा जनसंघर्षका क्रममा वेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाहरूप्रति उच्च सम्मान गर्दै जन क्रान्ति तथा जनआन्दोलनमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गरे ।

आजको दिनले संविधानको कार्यान्वयन गर्दै राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य निर्माणका लागि प्रेरणा पैदा गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।