मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा शनिबार १२०४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

नेपालमा शनिबार १२०४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४०० नाघ्यो


काठमाडौँ । नेपालमा शनिबार १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शनिबार थप १२०४ सहित ६२ हजार ७९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । 

एकैदिन कोरोना संक्रमण निको भई १४४७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । जुन कुल संक्रमितको ७२.०८ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ७११ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १४ हजार ९९० पुगेको छ । जसमा काठमाडौँमा कुल १२ हजार ५२५, ललितपुरमा १ हजार ५९७ र भक्तपुरमा १ हजार २३४ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार ३३३ जनासहित हालसम्म ९ लाख ४ हजार ७०६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ७३५ जना क्वारेन्टाइनमा र १७ हजार १२९ जना आइसोलेसनमा रहेका छन् ।