नेपाल

घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउने प्रयासमा छौंः मुख्यमन्त्री भट्ट

प्रकाशित |

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताएका छन् ।  

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा एकजुट भई लागि पर्न हामी सबैलाई सुखद अनुभूति भएको बताए । 

स्वदेश र विदेशमा रहनुभएका नेपालीलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै उनले सन्देशमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन सहादत प्राप्त गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया