मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डब्लुटिओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी

डब्लुटिओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी


जेनेभा । विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारहरुमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ । 

अन्तर्राष्ट्रिय व्यापार संगठनले अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन । यो संगठनमा अहिलेसम्म अफ्रिकी व्यक्तिले नेतृत्व पनि गरेको पाइँदैन । 

रोबेर्टो अजेवेदोको स्थानमा हुन लागेको निर्वाचनमा आकांक्षी देखिएका आठ उम्मेदवारमध्ये शुक्रबार पाँचको नाम आगामी प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । अजेवेदोको कार्यकाल सन् २०२१ सम्म रहेको भए तापनि उनले गत महिना पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्वका लागि छनोट प्रक्रिया अघि बढेको छ । 

केन्याकी महिला उम्मेदवार अमिना मोहम्मद, नाइजेरियाको नोगोजी ओकोन्जो–इवैला र दक्षिण कोरियाकी यू म्युङ–हीसहित बेलायतका लियम फक्स र साउदी अरबका मोहम्मद अल–तुवाइजरी प्रतिस्पर्धाका लागि छनोट भएका भएका उम्मेदवारहरू हुन् । 

पछिल्ला केही दिनमा डब्लुटिओको भिडियो कन्फरेन्समार्फत् गरिएको परामर्शपछि उम्मेदवारहरूलाई सानो समूहमा सङ्कुचित पारिएको हो । 

उम्मेदवारीबाट बाहिरिएका तीनमध्ये जेसस सैयद कुरी (मेक्सिको), टुडोर युलियानोभस्की (मोलदोभा), अब्देल हमिद माम्दो (इजिप्ट) रहेका छन् । डब्लुटिओको विधानले नेतृत्वको लागि क्षेत्रगतरूपमा जिम्मेवारीको चक्रीय स्वरूपलाई आवश्यक मानेको छैन ।