मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतमा एकैदिन ९६ हजारसहित संक्रमितको संख्या ५२ लाख नाघ्यो

भारतमा एकैदिन ९६ हजारसहित संक्रमितको संख्या ५२ लाख नाघ्यो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ९६ हजार ७९३ जना सङ्क्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाख ४७ हजार ६२७ पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ । 

भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि १० लाख १९ हजार ६६३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख ४७ हजार ६२७ जना सङ्क्रमित भएका हुन् । तीमध्ये ४१ लाख ४३ हजार २४७ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।  

प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६५० जना सक्रिय सङ्क्रमितहरु छन् । 

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सिलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।