मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा थप २१२ सहित संक्रमितको संख्या १५ सय नाघ्यो

चितवनमा थप २१२ सहित संक्रमितको संख्या १५ सय नाघ्यो


चितवन । चितवनमा थप २०४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा परीक्षण गरिएकामध्ये २०४ जनामा कोरोना पुष्टि भएको हो ।  

यसअघि भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा आठ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै चितवनमा एकैदिन ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर १ का ५ जना, भरतपुर २ का ११ जना, भरतपुर ३ का ५ जना, भरतपुर ४ का ३ जना, भरतपुर ५ का १ जना, भरतपुर ६ का २ जना, भरतपुर ७ का १ जना, भरतपुर ८ का २ जना, भरतपुर ९ का ३ जना र भरतपुर १० का २४ पुरुषमा संक्रमण देखिएको हो ।   

यसअघि भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका २, खैरहनी नगरपालिकाका १ र राप्ती नगरपालिकाका ५ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको छ । 

यससँगै चितवनमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार बेलुकीसम्ममा संक्रमितको संख्या एक हजार ५१४ पुगेको छ ।

जसमा भरतपुर महानगरमा ९९२, रत्ननगर नगरपालिकामा १८८, राप्ती नगरपालिकामा १२३, खैरहनी नगरपालिकामा ८८, त्यस्तै माडी नगरपालिकामा ५५, कालिका नगरपालिकामा ५५ र इच्छाकामना गाउँपालिकामा १३ जना छन् ।