मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोनाबाट एकैदिन ९० हजार बढी सङ्क्रमित

भारतमा कोरोनाबाट एकैदिन ९० हजार बढी सङ्क्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन अविश्ववसनीय ढंगले वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या झन्डै ४२ लाख पुग्न लागेको छ ।  

संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म ७१ हजार ७३९ पुगेको छ । 

कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ  । 

भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख ९६ हजार १३१ जना सङ्क्रमित भएका छन् । तीमध्ये ३२ लाख ४० हजार ९७७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

अधिकारीहरूका अनुसार अरु आठ लाख ८३ हजार ४१५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 

भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।