मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए भित्र विवादै विवाद

एनआरएनए भित्र विवादै विवाद


अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष लगायत बहुमत पदाधिकारीले महासचिव हेमराज शर्माले हालै भएको वैठकमा उठेका छलफलका विषयलाई तोडमोड गरेर प्रस्तुत गरेको आरोप लगाएका छन् । 

संघको केही दिन अघि भएको ७४ औं बैठकमा निशुल्क सदश्यता लगायतका विषयमा छलफल भएको थियो । 

संघ भित्र निशुल्क सदश्यता दिने एजेण्डा अहिले विवादको विषय वनेको छ । अमेरिका भित्र एनआरएन अगुवाहरुले यस प्रति असन्तुष्ठि देखाएका छन् । 

उक्त वैठकमा निशुल्क सदश्यताको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको ति पदाधिकारीहरुले जनाएका छन् । 

उपाध्यक्ष मन केसी, रविना थापा लगायत ६७ जना पदाधिकारीहरुले विहिवार अध्यक्षलाई उक्त वैठकका सम्वन्धमा महासचिवको धारणा चित्त नवुझेको जनाउंदै स्पष्ट हुन आग्रह गर्दै पत्र लेखेका हुन् । 

निशुल्क सदश्यता वारेको निर्णय लिदां राष्ट्रिय समन्वय परिषद संग व्यापक छलफल गर्नु पर्ने अधिकांश पदाधिकारीले वताएका छन् । यो विषय वाहिर पनि उठेको छ । एनआरएनए सल्लाहकार हरिवोल भण्डारीले सामाजिक संजालमा निशुल्क सदश्यता दिने विषयलाई गरिम्भर भएर छलफल गरेर मात्र निर्णय लिन आग्रह गरेका थिए । 

अमेरिकामा बस्ने नेपाली समुदायको मुख्य मुद्दा निशुल्क सदश्यता होइन । अमेरिकामा वस्ने नेपालीको मुख्य चासो नागरिकताको निरन्तरता, नेपालमा लगानीका लागि सहज वातावरण लगायतका मुद्दा हुन् । यी मुद्दामा आईसीसीले प्रभावकारी काम गर्न नसकेकोमा अमेरिका भित्र असन्तुष्ठी छ । आईसीसीसंगको सम्वन्धन तोडर एनआरएनए अमेरिका आफैं नेपाली समुदायको पक्षमा लविगंमा जांदा के हुन्छ भन्ने विषय समेत उठ्न थालेको छ । 

एनआरएनए अमेरिका अमेरिकी कानुनी अनुसार दर्ता भएको कर मुक्त सुविधा पाएको समाजिक संस्था हो । यदी अमेरिकाले एनआरएनए आईसीसी संग आवद्धता तोडेमा एनआरएनए अभियानलाई समेत गम्भिर धक्का लाग्ने छ । 

केही दिन अघि एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले नेपाली नागरिकता जो संग छ  उसको नागरिकताले निरन्तरता  पाउनु पर्छ भन्ने मुख्य मुद्दा भएको र यसलाई प्रभावकारी रुपमा उठाउन माग गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । उनले यस मुद्दा केन्द्रिय पदाधिकारीहरु गम्भिर नभएको आरोप समेत लगाएका थिए । 

एनआरएनए भित्र वर्तमान कार्यसमिति गठन भएको एक बर्ष नहुदंै विभिन्न विवाद आईरहेका छन् । यही विवादका कारण पुर्व अध्यक्ष भवन भट्ट, शेष घले लगायतले एनआरएनएमा आफ्नो संलग्नता कम गरेका छन् । पुर्व अध्यक्ष भट्टले केही साता अघि सार्वजनिक रुपमै केही यो कार्यसमितिले राम्रो काम गर्न नसकेको र विगतमा शुरु भएका राम्रो कामलाई समेत निरन्तरता नदिएको आरोप लगाएका थिए । अर्का पुर्व अध्यक्ष शेष घलले मुख्य संरक्षकवाट राजिनामा दिएका छन् । 

एनआरएनए अभियान गलत दिशामा गएकोमा असन्तुष्ठि देखाउंदै संस्थापक अध्यक्ष उपेन्द्र महतो गत अक्टोबरमा भएको काठ्माडौ सम्मेलनमा अनुपस्थित रहेका थिए ।